चीनमा निर्मीत डेरी ब्राण्डका विद्युतीय कार नेपाली बजारमा, सुरुवाती मूल्य २६ लाख

0
Shares

नेपाली बजारमा चीनमा निर्मीत दुई मोडलका विद्युतीय कार भित्रिएका छन् ।

नेपालको लागि आधिकारीक वितरक अटोहोस्टले नेपालमा हिनान डेरी न्यू इनर्जी अटोमोबाइलका दुई मोडलका विद्युतीय कारको बिक्री सुरु गरेको हो।

कम्पनीले ल्याएको सोलार कार इभी ७ र विद्युतीय कार इएम ७ मोडल नेपाली जनता र भूगोलमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । विशेषत शहरी क्षेत्रलाई मध्यनजर गर्दै आएका यी कार आजैबाट बिक्री सुरु भएको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार इभी ७ को मूल्य २५ लाख ९९ हजार र इएम ७ को २६ लाख ५० हजार रुपैयाँ छ । सुरुमा गाडी किन्ने ५० जनाले नगद ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।