खुकुरी रमले लण्डन स्पिरिट प्रतियोगिता २०२० मा जित्यो स्वर्ण पदक, अमेरिकामा पनि उपलब्ध

0
Shares

केही गरौं । आफ्नो पहिचान बनाऔं । भन्ने सबैको चाहना हुन्छ । चाहे त्यो निजी होस् या खेलाडी, व्यवसायी वा कुनै संगठनको । नेपाल डिष्टिलरी प्रा.लि.को स्थापना पनि त्यही दृष्टिकोणका साथ नेपालको पहिलो डिष्टिलरीको रुपमा सन् १९५९ मा भएको थियो । जसको एकमात्र लक्ष्य नै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याई, आफ्नो देशलाई पनि गौरवान्वीत बनाउने हो ।

यसको लागि अनवरत प्रयास, उत्कृष्ट उत्पादन उपलब्ध गराउने दृढता, र वर्षौं वर्षको निपूणताको आवश्यकता पर्दछः जुन नेपालको आफ्नै अत्यन्त मौलिक आइकोनिक ओक रम खुकुरी रमसँग सम्बन्धित छ । यसको शुरुवाती दौरानदेखि नै नेपालको सबैभन्दा उत्कृष्ट मदिरा खुकुरीले नेपाली मदिराको विरासतलाई अन्तर्राष्ट्रिय परिदृश्यमा स्थापित गर्दै आएको छ र यो जहाँ जहाँ उपलब्ध भएको छ, त्यहाँ त्यहाँ यो व्यापक रुपमा प्रशँसित पनि भएको छ ।

खुकुरीले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुँगा थपेको छ भनें साथै सम्भवतः रमको लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामा यसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलता हो ।

“अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा समेत विद्यमान कोभिड महामारीको अवस्थाले हामी जो कोहीलाई पनि जटिल परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । तर एउटा प्रचलित उखान “जब गाह्रो हुन्छ, गाह्रो जान्छ” भने जस्तै हामीले हाम्रो अदम्य साहसलाई कुनै पनि परिस्थितिमा झुक्न दिएनौ । र हाम्रो कडा मेहनत एवं प्रयासको प्रतिफल हो नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित हुन सफल हुनु” नेपाल डिष्टिलरीजका कार्यकारी निर्देशक श्री के के चुरिवालाले भने ।

वेभरेज ट्रेड नेटवर्कद्वारा प्रदत्त यो अन्तर्राष्ट्रिय मान्यताले गर्दा अकस्मात प्राप्त खुशीले हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमा पनि राष्ट्रमा सफलता प्राप्त भएको हुँदा जो कोहीलाई पनि आनन्दित तुल्याएको छ । यो जित हामी भित्रमात्र सीमित छैन, यो त हामसिँग आबद्ध हरेक वितरकहरु र डिलरहरु, हाम्रा उपभोक्ताहरुका साथसाथै सम्पूर्ण नेपालीहरु सबैको लागि हो । यो जित हाम्रो देश नेपालको जित हो । यस्तो अँकित गर्ने नेपाली कम्पनीले विश्वमा आफ्नै मौलिक उदाहरण कायम राख्न सक्छ । यसर्थ, यो उत्सव, खुकुरी रमद्वारा प्राप्त सम्मान पदक र यसको निर्यात सम्बन्धमा भएको वृद्धि सम्पूर्ण नेपालीहरु देशमा र विदेशमा भएका सबैका लागि साझा विजय हो ।

“खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्व बजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको छ । खुकुरी रम हाल विश्वका १३ देशहरुमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यकासाथ काम भैरहेको छ । हामी चाँडै नै अवसरहरुको भूमी भनेर चिनिने संयुक्त राज्य अमेरिकामा पुनः प्रवेश गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ । हामीले भने जस्तै खुकुरी रम बोकेको जहाज यसको मार्गमा अघि बढिरहेको छ । यी दुवै कोसेढुँगाले विद्यमान विश्वव्यापी महामारीको बीचमा पनि कम्पनीको लागि ठूलो फड्को साबित भएको छ र हामी साँच्चि नै हाम्रो उपलब्धि प्रति गर्व गर्दछौं र यी नै उपलब्धिका साथ हामी घोषणा गर्छौं ‘गर्वकासाथ नेपाली ।” नेपाल डिष्टिलरीजका महा–प्रबन्धक श्री सुभाष लामिछानेले अगाडी भने ।

खुकुरी रम यो गर्व सबै देशबासीहरुसँग साझा गर्दछ र अहिलेको परिस्थिति, जुन सबैका लागि चुनौतीपूर्ण छ, जसबाट खुकुरी रम पनि अछुतो छैन भनें जसले गर्दा सबैको व्यवसाय र आम्दानी पनि प्रभावित बनेको छ, यस्तो समयमा हौसला जगाउन र साहस उच्च बनाई राख्न, हामी नेपालीहरुलाई गौरवान्वीत महसुस गराउने कारणका बारेमा हामी क्रमशः बताउँदै जानेछौं । तपाईंले आउँदा दिनहरुमा गर्वको साथ नेपाली अन्तर्गत धेरै कथाहरु देख्नु हुनेछ ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरुमध्येको एक हो, यसको गुणस्तर उही उस्तै सर्वश्रेष्ठ रहँदै आएको छ र योसँग इतिहास अनि संस्कार, संस्कृति जोडिएको छ । नेपाल डिष्टिलरीज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । खुकुरी रम ब्राण्डले सन् १९५९ देखि नै बजारमा आफ्नो आधिपत्य कायम गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।