नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिएका किशोर प्रधान र चन्द्र ढकालले एक अर्कालाई समर्थन गर्न आग्रह गरेका छन्। । महासंघको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारले आफुलाई समर्थन गर्न आग्रह गरेका हुन ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधानले चन्द्र ढकाललाई यसपटक आफूलाई समर्थन गर्न आग्रह गरे । प्रधानले चन्द्र ढकाललाई भने, ‘म व्यवसायीको हिसाबमा दाइ हो, यो पटक मलाई छोडिदिनुहोस,
तर त्यसको प्रतिवाद गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले महासंघमा आफ्नो आवश्यकता रहेको जोड दिदै समर्थन गर्न नसक्ने बताए । ढकालले भने, ‘ किशोर दाई सिनियर हो, त्यो पनि म मान्छु तर महासंघलाई गतिशील बनाउन मेरो नेतृत्व नै आवश्यक छ।’
प्रधानले आफ्नो कुरा राख्ने क्रममा जिल्ला नगरको बाटो हुँदै आएको यहाँसम्म आएको बताए। साना व्यवसायी तथा जिल्ला नगरमा कस्तो समस्या हुन्छ भन्ने कुराको धेरै जानकार आफू रहेको दाबी गर्दै त्यो समस्या समाधान गर्नकै लागि आफूले उम्मेदवारी दिएको बताए। साथै उनले आगामी अध्यक्ष शेखरले बनाएको कार्यदिशालाई परिणाममुखी बनाउन आफुले उम्मेदवारी दिएको बताएका थिए ।
यता ढकालले वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानलाई इंकित गर्दै कुनै एजेन्डा नभएको बताए । मेरो प्रतिद्वन्द्वी रहेका किशोर प्रधाले पनि शेखर गोल्छाको एजेण्डा नै आफ्नो एजेन्डा भन्नुभएको छ, त्यसो गर्नु हुँदैनथ्यो’, उनले भने, ‘अहिलेको वरिष्ठ उापध्यक्ष भनेको अर्को पटकको अध्यक्ष हो, उहाँले आफ्नै एजेण्डा स्थापित गर्न सक्नुपथ्र्यो।’
साथै उनले भावी अध्यक्ष शेखर गोल्छाप्रति असन्तुष्टि व्यक्त गरे । दुई प्यानल भएपछि शेखर गोल्छा तटस्थ हुनुपर्ने देखिए पनि त्यसो नगर्नु दुःखद भएको ढकालको भनाई थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया