महासंघमा महादंगलः वस्तुगततर्फ ५७ प्रतिशत भोट खस्यो

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा अन्तर्गत टेकु स्थित महासंघको केन्द्रीय कार्यालयमा वस्तुगत तर्फको भएको मतदानमा ५७ प्रतिशत मत खसेको छ ।

चुवानीस्थलमा रहेका नोटबजार संवाददताका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा साढे १२ बजेसम्ममा ५८ वटा भोट खसेको हो । वस्तुगत संघतर्फ १०१ जना मतदाता रहेका छन् । अब ४३ वटा मत खस्न बाँकी छ ।

वस्तुगत उपाध्यक्षतर्फ किशोर प्रधान समुहबाट अञ्जन श्रेष्ठ र चन्द्रप्रसाद ढकाल समहुबाट उमेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन्।

वस्तुगत संघतर्फ कार्यकारीणी सदस्य पदका लागि कुल १४ पदका लागि २९ जना चुनावी प्रतिस्पर्धामा छन्। । महासंघको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान जारी छ ।

महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट माइतिघरमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भैरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार  १२ : ३७ बजे