नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ ।
महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्ला नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।
महासंघको चुनाबका लागि जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको थियो ।
वस्तुगतमा १०१ मतदाता, जिल्लानगरमा १०५ तथा एशोसियटमा ९०३ मतदाता रहेका थिए । सबै मतदाताले दिउँसो चार बजेभित्रै मतदान गरिसकेका छन् । मतगणना साँझ ६ बजेपछि कमलादी स्थित प्रज्ञा भवनमा हुने बताइएको छ । महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, एशोसियटको ३० प्रशिशत तथा वस्तुगततर्फको २० प्रतिशत मतभार हुने व्यवस्था रहेको छ ।
महासंघमा महादंगलः तीनै स्थानको मतगणना प्रज्ञा भवन कमलादीमै हुने
महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। । कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। ।
निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन्।।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन्। यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।
यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्। ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया