बुध्द एयरको माउण्टेन फ्लाईट फेरि सुचारु, एउटा किन्दा अर्को टिकट फ्रि

0
Shares

लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान शुरु गरेको छ । स्थिल अवस्थामा रहेको पर्यटनलाई यसले गति प्रदान गर्नेछ ।

आउँदो शनिबार डिसेम्बर ५ देखि शुरु हुने यो माउण्टेन फ्लाईटको उडान करिब १ घण्टाको हुनेछ ।

काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । अझ ट्रेकिङ जान नसक्नेका लागि यो गज्जबैकै अफर हो ।

बुध्द एयरले यसका लागि ८ हजार ९०० भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ ।

टिकटका लागि बुध्द एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको रहेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।