उत्कृष्ट जीवन साथीका लागि ‘पञ्चेबाजा’

0
Shares

नेपालीहरुले पनि भर्चुअल माध्यमबाट जीवन साथी खोज्न सक्ने भएका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुलाई लक्षित गर्दै नेपालका युवाहरुले जीवन साथी खोज्ने एप ‘पञ्चेबाजा’ संचालनमा ल्याएपछि थप सहज हुने भएको हो ।

चाहे अनुसारको जीवन साथी खोज्नका लागि यो ‘एप’ ले पुर्णरुपमा सहयोग गर्ने निर्माताहरुको दाबी छ । एपको मद्दतबाट विश्वका जुनसुकै कुनामा रहेका अविवाहित युवक/युवतीले आफुलाई योग्य जोडी खोजी गर्नसक्ने एप निर्माता हापफुल टेक्नोलोजीका प्रमुख कार्यकारी संदिप पौड्यालले जानकारी दिए ।

आईओएस र एन्ड्रोइड भर्सनमा उपलब्ध रहेको यो ‘एप’ गूगल प्ले र एप स्टोरमा गएर डाउनलोन गर्न सकिन्छ । १८ बर्षभन्दा कम उमेरकाले प्रयोग गर्न नसक्ने गरी विकास गरीएको सो ‘एप’ विवाहका लागि जोडी खोजिरहेका व्यक्तीहरुले आफ्नो र आफुले खोजी गरेको जोडीको बारेमा माग गरिएका सूचनाहरु सहित अकाउन्ट खोली यसमा जोडिन सक्छन् ।

पन्चेबाजा नेपाल र विदेशमा बस्ने नेपालीहरूका लागि वैवाहिक र डेटिङ मोबाइल एप हो । जोडी खोज्ने युवाहरुले आफ्नो अकाउन्टमा व्यक्तीगत विवरण, योग्यता, काम, आम्दानी, ठेगाना, पारिवारिक विवरण, स्थायी/अस्थायी ठेगाना लगायतका विभिन्न जानकारीहरु भर्नुपर्छ । त्यसका साथै आफुले कस्तो प्रकारको जोडी खोजेको हो ? त्यस बारेमा पनि प्रयोगकर्ताहरुले विस्तृत रुपमा उल्लेख गर्नुपर्नेछ।

प्रयोगकर्ताहरुले उपलब्ध गराएको विवरणको आधारमा एपले कस्तो खालको जोडी चाहिएको हो त्यसअनुसारको अप्सनका आधारमा सुझाव दिन्छ । एप प्रयोगकर्ताहरुले उपलब्ध गराएको विवरणको आधारमा मिल्दो जोडीको लागि रेटिङ समेत प्रदान गर्नेछ । जसमा जोडी खोज्नेहरुले आफुले खोजेको उपयुक्त जोडीको र्याङको आधारमा कुराकानी अगाडी बढाउन सक्नेछन् ।

लभ र एरेन्ज म्यारिजकोबीचमा सन्तुलन कायम गर्नेगरी यो एपमा त्यस्ता फिचरहरु समावेश गरिएको पौड्यालले बताए । ‘एप’को प्रयोगबाट अन्य देशका नागरिक वा बासिन्दा भएका व्यक्तिहरूका लागि पनि जोडी खोजी गर्न सकिने कम्पनीले जनाएको छ । त्यसमा लागि कुन देशमा हो समेत रोज्न सकिनेछ । यसरी जुनसुकै देश र शहरका व्यक्तिहरूको लागि जोडी खोजी गर्न सकिने उनको भनाई छ ।

यो सेवा अहिले केबल मोवाईल एपमा मात्र प्रयोग गर्न मिल्छ । पञ्चेबाजा एप ३ महिनापछि वेभ भर्सनमा पनि संचालनमा ल्याउने कम्पनीको तयारी छ । साथै पञ्चेबाजाको माध्यमबाट विवाह गर्ने उमेर पुगेका युवाहरुले मात्र नभै छोरा÷छोरी तथा नातेदारहरुका लागि योग्य जोडी खोजीरहेका अभिभावक पनि सहभागि हुन सक्नेछन् ।

यस एपमा प्रयोगकर्ताको गोपनियतालाइ समेत ध्यानमा राखिएको निमार्ता कम्पनीको भनाई छ । “प्रयोगकर्ताको वास्तविक विवरण थाहा पाउन सकिने भएकाले त्यसको दुरुपयोग नहोस भन्नेमा पनि हामी उत्तिकै सचेत छौ,” पौड्यालले भने,“एप प्रयोगकर्ताहरुले व्यक्तिगत विवरणको सुरक्षालाई गम्भिरताका साथ लिईएको छ ।”

“हामी एपमा म्याच भएका जोडीहरुले कुनै पनि कुराकानी गर्नु अघि उनीहरूको पहिचान प्रमाणित गर्दछौं । यसले प्रयोगकर्ताहरू आश्वस्त पार्दछ कि उनीहरूले कुरा गरिरहेका व्यक्तिहरु नक्कली होइनन्, यस्तो सुरक्षा मापनले प्रोफाइलमा फोटोहरु अर्को व्यक्तिको होइन भनेर सुनिश्चित गर्दछ,” पौड्यालले भने ।

यस एपको माध्यमबाट आफुसँग म्याच भएको जोडिसँग च्याट गर्नसक्ने म्यासेज पठाउन सक्ने सुविधा रहेको उपलब्ध छ । तर, अहिले फोटो शेयर गर्ने सुविधा भने भने छैन । यो एप स्टोरमा उपलब्ध भएको एक महिनाको अवधिमा नै १५ सय भन्दा बढी डाउनलोड भएको कम्पनीको दाबी छ । अहिलेसम्म उक्त एप मार्फत २० जोडी जुटिसकेको कम्पनीले जनाएको छ ।

पन्चे बाजाले व्यवस्थित विवाह र प्रेम विवाहको बीचमा सन्तुलन प्रदान गर्दछ र प्रयोगकर्ताहरूलाई यसको माध्यमबाट द्रुत गतिको संसारमा जीवन साझेदारहरू फेला पार्न स्वायत्तता प्रदान गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

आगामी दिनमा यस एप मार्फत विवाहका लागि जोडी मिलाउने मात्र होईन, अन्य कम्पनीहरुको सहकार्यमा विवाहका लागि आवश्यक पर्ने हरेक किसिमका सेवाहरु प्रदान गर्ने योजना पनि कम्पनीको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।