समृद्धि फाइनान्सको साढे १८ लाख कित्ता शेयरको लिलामी बन्द हुँदै

0
Shares

समृद्धि फाइनान्स लिमिटेडले मंसिर १० गते बुधबारदेखि लिलामीमा राखेको १८ लाख ५१ हजार ४५७ कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

फाइनान्सले गत असोज १६ गते कात्तिक ६ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा अवितरित सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समूहको १३ लाख ८५ हजार २६८ कित्ता लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ तथा बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, वीरगंज, जनकपुर, विर्तामोड, धनुषा, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट लिलामीमा आवेदन दिन सक्नेछन् ।

आवेदन गर्दा प्रतिशेयर १०० रूपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । न्युनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार  ०८ : ३९ बजे