सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा

0
Shares

सेञ्चुरी कमर्सियल बैंकले २०७७ मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ ।

यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एप्सबाट क्यू आर स्क्यू आर स्क्यानगरी नगद झिक्न/निकाल्न सकिने छ ।

ग्राहकको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको बैंकले जनाएको छ ।

हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागु गर्ने बैंकको योजना छ ।

यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने व्यहोरा यसै विज्ञप्ती द्वारा जानकारी गरिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार  १६ : २४ बजे