‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा गरिने’

0
Shares

वृज सिमेन्ट नेपाल स्टारको दोश्रो ठुलो स्पोन्सर व्राण्डले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरि दश हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ ।

बुधबार वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का प्रवन्ध निर्देशक मनोज कुमार केडियाले सो कुरा बताए । नेपाल स्टार नेपालको आफनै गायन प्रतियोगिता हो जुन प्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिई गत वर्ष फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । नेपाल स्टार यो पहिलो सिजन हो ।

पुरस्कार घोषण गर्दै कम्पनीका प्रवन्ध निर्देशक केडियाले भने, वृज सिमेन्ट जहिलेपनि देशका हरेक वीधाका उर्जाहरुलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको र नेपाल स्टारमा वृज सिमेन्ट पावर वाई स्पोन्सर खण्डमा रहेको र नेपाली कला , संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि वढ्न तयार रहेको वताए ।

उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक आलोकश्रीका , वरिष्ठ गायक रामकृष्ण ढकाल एवं गायिका अन्जु पन्तको उपस्थिति रहको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाल समेतको उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।