प्राइम बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको ८६ हजार ९ सय कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । शेयर लिलामीमा नेरुडे लघुवित्त वित्तीय संस्थाले प्राईम बैंककोे स्वामित्वमा रहेको सो शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो ।
लघुवित्तले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन अनुसार विभिन्न समयमा विक्री गरी बाँकी रहेको संस्थापक शेयर विक्री पुनः खुला गरेको जनाएको छ ।
उक्त बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २५ गतेदेखि पुस २ गते अपरान्ह ३ः०० बजेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता ३०० तोकिएको छ ।
लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन ।
संस्थाले गत वर्ष २०७६ असार १० गते एक लाख १० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेकोमा २२ हजार ७०० कित्ता शेयर मात्र विक्री भएको थियो । त्यस्तै वाँकी रहेको ८७ हजार ३०० कित्ता संस्थापक शेयर २०७६ भदौ २० गते विक्री खुला गरेकोमा ४०० कित्ता मात्र बिक्री भएको थियो । अहिले संस्थाले बाँकी शेयर बिक्रीका लागि सूचना जारी गरेको हो ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया