नेप्सेमा सामान्य सुधार आएपनि घट्यो कारोबार, अपरमा नकारात्मक सर्किट

0
Shares

ऐतिहासिक उचाई हासिल गरेपछि करेक्शनको बाटोमा रहेको नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य सुधार आएको छ । बजार सुधार हुने आसमा शेयर बिक्रीमा कमी आउँदा कारोबार रकममा भने गिरावट आएको छ ।

बिहीबार नेप्से ८.२७ अंकले बढेर १ हजार ९६४ दशमलव ०२ अंकमा बन्द भएको छ । कारोबारमा आएका विकास बैंक र जलविद्युत बाहेक बाँकी सबै उपसमुहका सुधार आएपछि नेप्से बढेको हो । नेप्सेमा सुधार आएपनि कारोबार रकम भने घटेको छ ।

यसदिन ४ अर्ब १४ करोड ६३ लाख बराबरको काराबोर भएको छ । बुधबार ४ अर्ब ७४ करोड ५६ लाख बराबरको कारोबार भएको थियो । आज २०४ कम्पनीका ९८ लाख ८३ हजार १९७ कित्ता शेयर ३९ हजार ४१० पटक खरीद बिक्री भएका छन् ।

Index Current Points Change % Change  
NEPSE 1,964.02 8.27 0.42  
Sensitive 374.02 2.32 0.62  
Float 132.96 0.27 0.2  
Sen. Float 118.65 0.64 0.54  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,435.77 8.46 0.59  
Trading 1,975.05 38.02 1.96  
Hotels 1,991.10 30.61 1.56  
Development Bank 2,128.61 3.88 0.18  
HydroPower 1,773.96 76.45 4.13  
Finance 880.66 1.85 0.21  
No Life Insurance 9,466.23 74.22 0.79  
Manu. & Pro. 4,551.61 118.32 2.67  
Others 1,662.05 13.18 0.8  
Microfinance 3,019.25 0.78 0.03  
Life Insurance 12,079.86 206.29 1.74  
Mutual Fund 11.23 0.01 0.09  
 

मंगलबार ५ अर्ब ७१ करोड ९४ लाख, सोमबार ६ अर्ब ६६ करोड ७९ लाख र आइतबार ७ अर्ब २० करोड ९१ लाख रुपैयाँ बढीको शेयर करोबार भएको थियो ।

आजको बजारमा नेपाल लाइफकोे उच्च कारोबार भएको छ । कम्पनीको ३७ करोड ३२ लाखको शेयर कारोबार भएको छ । त्यसपछि उच्च कारोबार हुने पुर्नबीमाको ३५ करोड ३० लाख बराबरको शेयर किनबेच भयो ।

बिहीबारको बजारमा लिवर्टी हाइड्रो, प्रभु बैंक संस्थापकको शेयर मूल्य दश प्रतिशतले बढ्यो । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिष्टलरी, पोखरा फाइनान्स, मन्जुश्री फाइनान्स लगायतको शेयर मूल्य बढेको छ ।

आजको बजारमा अपर तामाकोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ । रसुवागढी र सान्जेन जलविद्युतको मूल्य पनि उच्चदरले घटेको छ । आज धेरै गुमाउनेमा जलविद्युतका लगानीकर्ता रहेका छन् ।

Symbol LTP Point Change % Change
 
UPPER 475.00 -52.00 -9.87
RHPL 308.00 -29.00 -8.61
SJCL 291.00 -20.00 -6.43
UFL 230.00 -10.00 -4.17
SINDU 155.00 -6.00 -3.73
AHPC 246.00 -9.00 -3.53
JOSHI 118.00 -3.00 -2.48
JFL 240.00 -6.00 -2.44
BNT 8,690.00 -206.00 -2.32
BARUN 193.00 -4.00 -2.03
 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।