बैंक अफ काठमाण्डूको नगद लाभांश वितरण

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले २६ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश वितरण गरेको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीको बैंक खातामा मंसिर १६ गते नै नगद लाभांश जम्मा गरेको जनाएको छ ।

बैंकले साधारण सभाको लागि शेयरधनी दर्ता किताब बन्द गरेको अघिल्लो दिनसम्म अर्थात कात्तिक २७ गतेसम्म शेयर अभौतिकिकरण गरेका लगानीकर्ताको बैंक खातामा नगद लाभांश पठाएको हो ।

बैंकको मंसिर १५ गते, सोमबार सम्पन्न साधारण सभाले १३ प्रतिशत बोनस शेयर र २.९९९९ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

हालसम्म पनि शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई बैंकले आफ्नो शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

बैंकको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  १२ : ४१ बजे