छ्याङदी हाइड्रोले घोषणा गर्यो लाभांश, ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव

0
Shares

छ्याङदी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०।२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न पुस २७ गते सोमबार कम्पनीको सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, कम्पनीले लाभांश वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।