डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई अटोको मूल्य ९० लाख रुपैयाँ


कुजु नेपालले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई अटो नेपालमा सार्वजनिक गरेको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री गर्दै आएको कुजुले अब नयाँ मोडल आई अटो थप गरेको हो ।

डिएफएसकेको नेपालका लागि आधिकारीक वितरक कुजुका अनुसार आई अटो एक इन्टेलिजेन्ट एसयूभी हो । त्यती मात्र नभै यो मोडलको कारमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

ग्लोरी आई अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरु भन्दा धेरै अधुनिक विषेशताहरुको यो कार एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् ।

इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिनन् खालको कार्य गराउन सकिने कम्पनीले जनाएको छ । यसको प्रयोगले मूख्यत फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ ।

यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसंग कनेक्ट भएपछि सजिलै भ्वाइस कमान्डबाटै डायल गर्ने, फोन उठाउने, फोन कल हिस्ट्री हेर्ने आदी काम गर्न सकिन्छ । मिडिया कमाण्डबाट म्युजिक अन, आफ, साउन्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ ।

यसमा रहेको कार कनट्रोलर कमान्डबाट सजिलै क्लाइमेट कनट्रोल चलाउने, अगाडि पछाडीको विण्डो ग्लास खोल्ने बन्द गर्ने, सनरुफ खोल्ने बन्द गर्ने आदी कार्यहरु गाडी चलाउँदा चलाउँदै बोलेर गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेकै अवस्थामा जीपीएस खोल्ने र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोल्ने र बन्द गर्न पनि आवाज दिए पुग्छ । ययसरी कारमा करिब १ सय भन्दा बढी भ्वाइस कमान्ड मार्फत गर्न सकिने कामहरु रहेका छन् ।

नेपाली बाटोको लागि उपयुक्त १८ इन्चको अलोय ह्वील रहेको छ । कारको अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई अटोलाई स्पोर्टी बनाएको कम्पनीको दावी रहेको छ ।
यो एसयूभीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ । त्यसका साथै किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जडान गरिएको छ ।

ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्करमा डिस ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्रम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको कम्पनीले जनाएको छ । जसमा एबिएस, इबीडी तथा इबीए(इमर्जेन्सी ब्रेक असिस्ट ) जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितमा गाडिलाई रोक्न सकिन्छ ।
हिल होल्ड कनट्रोल, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सरमा आई अटोमा उपलब्ध रहेको छ । यसको जडान भएको अलार्म सिस्टम तथा इमोबीलाइजरले चोरी हुनबाट बचाउने कम्पनीले जनाएको छ ।

ग्लोरी आई स्मार्ट एसयूभीमा स्पोर्टी कन्सोल, भेहिकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल, ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेन्मेन्ट सिस्टलगायतका विषेशता रहेको कम्पनीको दावी छ । यसको ड्यासबोर्डमा सफ्ट टच मेटेरियल,उड एक्सेन्टेड मेटेरियल, लेदर सिट कचर पाउन सकिन्छ । सिक्सवे एडजस्टेबल ड्राइभर सिट कन्ट्रोल तथा सात सिस्टम सम्म प्रयोग गर्न सकिने छ । सिट अरेन्जमेनटले पारिवारिक गाडीको रुपमा यसको प्रयोगलाई उत्कृष्ट बनाएको छ ।

ग्लोरी आई स्मार्टमा १.५ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० इनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटीक गियरबक्समा नेपाल आउने छ । यसको मूल्य ८९.५० लाख रुपैयाँ छ ।

डिएफएसके चाइनाको प्रख्यात मोटर कम्पनी डोङफेङ मोटर्स गु्रप अन्तर्गत सन् २००३ मा स्थापना भएको कम्पनी हो । ग्लोबल फर्चून ५ सय कम्पनीको ८० औँ श्रेणीमा पर्न सफल यो कम्पनीले विश्वका ७० भन्दा बढी देशहरुमा आफ्नो गाडी विक्री गर्दै आइरहेको छ ।

एफएसकेका गाडीहरु यूरो ३, यूरो ४, यूरो ५, यूरो ६ तथा डब्लुभीटीए सर्टिफाइड भएको छन् । नेपाल आउने ग्लोरी आई स्मार्ट यूरो ४ मापदण्डको रहेको कम्पनीले जनाएको छ । डिएफएसके मोटर इन्डोनेसियामा उत्पादन भई नेपाल आउँछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।