ज्योति लाइफको आईपीओमा ४४ हजार आवेदन भए रद्ध, ५ लाख ९४ हजारले पाए १० कित्ता

0
Shares


ज्योति लाईको इन्स्योरेन्सको प्राथमिक शेयर निष्काशनमा आवेदन दिएकामध्ये ४४ हजार ६४५ वटा आवेदन रद्ध भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  बैंक तथा वित्तीय संस्थाको आश्वा प्रणालीबाटै ४१ हजार ७०३ वटा आवेदन अस्वीकृत भएको हो भने दोहोरो आवेदका कारण २ हजार ९४२ वटा आवेदक रद्ध गरिएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० वटा आवेदन परेको थियो । जसमध्ये ४४ हजार ६४५ वटा आवेदन रद्ध भए । रितिपुर्वक आवेदन दिएका १७ लाख ९७ हजार ८३५ वटा आवेदनलाई बाँडफाँड प्रकृयामा सहभागि गराइएको हो ।

कम्पनीले सर्वसाधारणबाट ५९ लाख ४० हजार कित्ताका लागि आवेदन माग गरेकोमा त्यसको ६.४८ गुणा धेरै अर्थात कुल ३ करोड ८४ लाख ८६ हजार २० कित्ताको आवेदन परेको थियो । जसमध्ये बैंक तथा वित्तीय संस्थाको आश्वा प्रणालीबाटै परेको २५ लाख २८ हजार ६५० कित्ता र ५८ हजार १० कित्ता दोहोरो आवेदन गरी कुल २५ लाख ८६ हजार ६६० कित्ताको माग आवेदन रद्ध भएको हो । रितिपुर्वक आवेदन मार्फत परेको ३ करोड ५८ लाख ९९ हजार ३६० कित्ताको माग भने सदर भएको थियो ।

ज्योति लाइफको आइपीओ बाँडफाँड, रिजल्ट कसरी हेर्ने ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ५ लाख ९४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गरे । सि आश्वाबाट अस्वीकृत भएका र दोहोरो आवेदनका कारण रद्ध भएको हटाएपछि ज्योति लाइफमा १७ लाख ९७ हजार ८३५ आवेदन सदर भएको थियो । कुल सदर आवेदकको ३३ प्रतिशत अर्थात ५ लाख ९४ हजारले गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गरे भने सदर आवेदकको ६७ प्रतिशत अर्थात १२ लाख ३ हजार ८३५ जनाले शेयर पाउन सकेनन् ।

कुल आवेदकमध्ये अनुसार हेर्दा १८ लाख ४२ हजार ४८० कित्तको आवेदन परेकामा १२ लाख ४८ हजार ४८० आवेदकले शेयर पाउन सकेनन् अथाृत खाली भयो । जुन कुल आवेदककोे ६७.७६ प्रतिशत हो । कुल आवेदकको ३२.२४ प्रतिशतले शेयर पाए ।

ज्योति लाइफले फागुन २१ गतेदेखि २६ गतेसम्म कुल ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख ३० हजार कित्ता १२ वटा सामुहिक लगानी कोषका इकाईलाई र ३ लाख ३० हजार कित्ता शेयर ज्योति लाइफमा कार्यरत ३१४ जना कर्मचारीलाई सुरक्षित गरी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । सोही शेयर चैत १३ गते शुक्रबार बाँडफाँड गरिएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।