२३ वणिज्य बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन समीक्षाः यस्ताे छ नोटबजारकाे विश्लेषण

0
Shares

शनिबारसम्म २३ वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरण अनुसार ग्लोबल आइएमई, एनआईसी एशिया र नबिल बैंकले २ अर्बमाथि खुद नाफा कमाउँदा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक चाैथो स्थानमा परेको छ ।

चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २३ वाणिज्य बैंकहरुले २९ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा १८ बैंकले नाफा बढाउँदा पाँच बैंकको नाफा भने घटेको छ । कुमारी, प्रभु, एनबी, एभरेष्ट र प्राइम बैंकको नाफा घटेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये सनराइज, एनएमबि, हिमालयन र नेपाल बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ । ९ बैंकले एक अर्ब भन्दा कम खुद नाफा कमाएका छन् ।

हेर्नुहोस् २३ बैंकको नोटबजार विश्लेषणः-

१. ग्लोबल आइएमई बैंकले दोस्रो त्रैमासमा कमायो सबैभन्दा उच्च नाफा

२.एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड

३.पूँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा नबिल बैंकको प्रतिसेयर आम्दानी खस्कियो

४. सरकारी बैंक आरबिबिलाई नाफामा तीन निजी बैंकले उछिने

५. प्राइम बैंकको अधिकांश सूचक घटेसँगै नाफामा पनि संकुचन

६. इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६२ करोड, अन्य सूचक कस्ता ?

७. सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ माथि

८. कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड माथि, केही सूचाङ्क घट्दा अधिकांशमा प्रगति

९. मेगा बैंकले आम्दानी घटेपनि बढायो नाफा, ६ महिनामा कमायो १३९ करोड

१०. प्रभु बैंकको नाफा घट्यो, ६ महिनामा कमायो सवा १ अर्ब

११. सिटिजन्स बैंक अर्बपति क्लबमा, ६ महिनामा १.२३ अर्ब नाफा आर्जन

१२. स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ८ करोड

१३. सानिमा बैंकको खुद नाफा एक करोड ४२ लाख रुपैयाँले बढ्यो

१४. माछापुच्छ्रे बैंकको खुद नाफा २६ प्रतिशतले बढ्यो

१५. कुमारी बैंकको नाफा २२ प्रतिशतले घट्यो, इपिएस १३ रुपैयाँ मात्र

१६. एनसीसी बैंकले कमायो ६ महिनामा ९० करोड माथि खुद नाफा

१७. एभरेष्ट बैंकको नाफा १३ प्रतिशतले घट्यो

१८. लक्ष्मी बैंकको खुद नाफा ८१ करोड ७३ लाख

१९.नेपाल बङ्गलादेश बैंकको नाफा घट्यो

२०. नेपाल एसबीआई बैंकको खुद नाफा ५२ प्रतिशतले बढ्यो

२१. बैंक अफ काठमाण्डूले दोस्रो त्रैमाससम्ममा कति कमायो नाफा ?

२२. सेञ्चुरी कमर्सियल बैंकको नाफा ७२ करोड २१ लाख, ५४.७७ प्रतिशत बढ्यो

२३. सिभिल बैंकको नाफामा छलाङ, १४८ प्रतिशतले बढ्यो

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।