सिभिल बैंकको नाफामा छलाङ, १४८ प्रतिशतले बढ्यो

0
Shares

सिभिल बैंक लिमिटेड (CBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा छलाङ मारेको छ ।

बैंकको शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी लगायत आम्दानीका सबैजसो शीर्षक बढाएको बैंकको गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५ करोडमा झर्दा बैंकको नाफा वृद्धिमा सहयोग पुगेको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६९ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले प्रतिसेयर आम्दानी बढाएर ११.६६ रुपैयाँ पुर्याएको छ । गत आवको यसै अवधिमा बैंकको इपिएस ४.६९ रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७ प्रतिशत बढेर १ अर्ब ४६ करोड नाघेको छ भने सञ्चालन मुनाफा १७१ प्रतिशत धेरैले वृद्धि हुँदै ७३ करोड २२ लाख कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२९.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.८७ गुणा छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थीर रहेको छ । गत आवबाट ५ प्रतिशत बोनस वितरण गरेको बैंकले बोनस पूँजीकरण गर्न बाँकी छ ।

बैंकको जगेडा कोष २४ प्रतिशत, निक्षेप ३.४६ प्रतिशत, कर्जा ५.५५ प्रतिशत बढेको छ । बैंकको खराब कर्जा अनुपात घटेर ०.९४ प्रतिशत, कोषको लागत ६.८०, आधार ब्याजदर ९.७४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.८८ प्रतिशत छ ।

Particulars Civil Bank Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital Rs ‘000 8,643,661.00 8,643,661.00 0.00
Net Profit Rs ‘000 504,001.00 202,884.00 148.42
Annualized EPS (Rs.) 11.66 4.69 148.61
Net Worth per share (Rs.) 129.39 123.72 4.58
Reserve & Surplus Rs ‘000 2,540,638.00 2,050,049.00 23.93
Deposit from Customers Rs ‘000 91,698,217.00 88,634,877.00 3.46
Loans and Advances Rs ‘000 83,427,478.00 79,037,697.00 5.55
Net Interest Income Rs ‘000 1,467,449.00 934,507.00 57.03
Impairment charge/(Reversal) for loans Rs ‘000 51,176.00 199,927.00 -74.40
Operating Profit Rs ‘000 732,294.00 269,758.00 171.46
Capital Adequacy Ratio (CAR) 15.12% 13.73% 10.12
Cost of Funds (%) 6.80% 6.87% -1.02
Base Rate (%) 9.74% 8.45% 15.27
CD Ratio (as per NRB Directives) 88.88% 75.32% 18.00
Non-performing Loan (%) 0.94% 1.70% -44.71
Price to Earnings (Times) 21.87    

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।