एभरेष्ट बैंकको नाफा १३ प्रतिशतले घट्यो

0
Shares

एभरेष्ट बैंक (EBL) को खुद नाफा १३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा १२.७९ प्रतिशतले घटेको हो ।

पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १ अर्ब १ करोड ४७ लाख छ ।

चुक्ता पूँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २१.५३ बाट घटेर १७.७२ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२१.११ रुपैयाँ, खराब कर्जा अनुपात ०.२६ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.८३ प्रतिशत, कस्ट अफ फण्ड ५.९८ प्रतिशत, आधार दर ७.६२ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३.९४ गुणा छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ६५ अर्ब २१ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यही अवधिसम्म बैंकले १ खर्ब ६० अर्ब २२ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १२ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिसम्म १ अर्ब ८९ करोड ७ लाख रुपैयाँ रहेको थियो । गत आवको पुसमा १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा १२.७४ प्रतिशतल घटेर १ अर्ब १९ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

बैंकको जगेडा कोषको आकार ९.२१ प्रतिशत घटेर ८ अर्ब ३० करोड ४९ लाख रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा ९ अर्ब १४ करोड ७२ लाख रुपैयाँ रुपैयाँ सञ्चित थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।