बैंक अफ काठमाण्डूले दोस्रो त्रैमाससम्ममा कति कमायो नाफा ?

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।गत आवको यसै अवधिमा ७० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको बैंकको खुद नाफा गत आवको भन्दा १.५२ धेरै हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार रुपैयाँ बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३.५४ रुपैयाँ छ । जगेडा कोषमा ५ अर्ब ८२ करोड १७ लाख रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५८.५० रुपैयाँ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंक अफ काठमाण्डूले पुस मसान्तसम्ममा बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा घटेर ९३ करोडमा झरेको छ । बैंकको खुद ब्याज ९.२९ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ९.२१ प्रतिशतले घटेको हो ।

बैंकको खराब कर्जा घटेर ०.८२ प्रतिशतमा झरेको छ । बैंकको कस्ट अफ फण्ड ६.४६ प्रतिशत, आधारदर ८.४५ प्रतिशत, सिडी रेसियो ९२.६२ प्रतिशत र मूल्य आम्दानी अनुपात २२.१६ गुणा र स्प्रेडदर २.९५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।