सिटिजन्स बैंक अर्बपति क्लबमा, ६ महिनामा १.२३ अर्ब नाफा आर्जन

0
Shares

सिटिजन्स बैंक लिमिटेड (CZBIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दै अर्बमाथि नाफा कमाउने बैंकको सूचीमा सामेल भएको छ ।

गत आवको यसै अवधिमा ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा ४१.६१ प्रतिशतले बढेको हो । जुन गत आवको यही अवधिभन्दा ३६ करोड रूपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा पचास प्रतिशत हाराहारीमा वृद्धि गर्न बैंक सफल भएसँगै समग्र सूचांकमा उत्साहप्रद वृद्धि देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ७१ करोड ४ लाख ३० हजार रुपैयाँमा झरेको छ । चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको सिटिजन्सको प्रतिसेयर आम्दानी १७.४५ रुपैयाँ छ । जगेडा कोषमा ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ सञ्चित बैंकको प्रतिसेयर नेटवर्थ १३८.४८ रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ०.३२ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब ८ करोड ६० लाख रुपैयाँमा पुगेकोे छ भने कर्जा लगानी ७.२८ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब ५७ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकले २ अर्ब ३९ करोड २९ लाख खुद ब्याज आम्दानी र १ अर्ब ६९ करोड ५८ लाख सञ्चालन नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी ४८.०६ प्रतिशतले बढेको बैंकको सञ्चालन नाफा पनि ४५.९३ प्रतिशत बढेको हो ।

बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । बैंकको खराब कर्जा अनुपात १.८७ प्रतिशत, कस्ट अफ फण्ड ७.०५ प्रतिशत, आधारदर ९.०८ प्रतिशत, सिडी रेसियो ८९.६९ प्रतिशत र मूल्य आम्दानी अनुपात १७.३३ गुणा र स्प्रेडदर ३.११ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।