जीवन विकास लघुवित्तले तोक्यो साधारण सभा र बुकक्लोजको मिति


जीवन विकास लघुवित्तले चैत ३० गते साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले चैत ३० गते बिहान साढे १० बजे आफ्नो केन्द्रिय कार्यालय, कटहरी २, मोरङ्गमा चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले पूँजी वृद्धि गर्दै मर्जरसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७४औँ बार्षिक साधारणसभाको मिति तय गरेको हो । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।