अमेरिकी लगायत यी मुद्राको भाउ घट्यो


नेपाल राष्ट्र बैंकले मंगलबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार मंगलबार (आज) अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा रहेको छ हिजो अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५१ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा रहेको थियो ।

यस्तै आज युरोको भाउ खरिद दर १४१ रुपैयाँ ५६ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । युरोको भाउ खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७४ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ १६ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।