नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गर्दैछ । जस अनुसार अनुसार आज चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

संस्थाको १४ औँ बार्षिक साधारणसभा चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारणको लागि छुट्याएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) र पूँजी बृद्धि लगायतका विषयमा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने छ ।

यस्तै सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्नेरगाभिने (मर्जर गर्ने) कार्य प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (एक सेयर बरावर एक सेयर) लाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।