डिस होमले आईपीओ पारित गर्न बोलायो साधारण सभा


डिस होमले चैत २० गते साधारण सभा बोलाएको छ ।

कम्पनीको २०७५ पुस २७ गते सम्पन्न भएको साधारण सभाले आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको थियो । सोहीअनुरुप पूँजी वृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न सभा बोलाएको हो ।

सभा केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे हुनेछ । सभा भर्चुअल माध्यमबाट हुने र सदस्यहरूलाई जुम आइडी र पासवर्ड इमेलमार्फत उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले २०७७ असार ३० गते २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ विक्रीको अनुमति माग्दैे नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

डिसहोम नेपालमा उच्च डिजिटल प्रविधिको टेलिभिजन च्यानलहरुको प्रशारण गर्ने सबैभन्दा ठूलो कम्पनी हो । डिसहोमले टेलिभिजन र इन्टरनेटको सुविधा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।