डिप्रोक्समा आदर्श लघुवित्त गाभिने, मर्जरको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

0
Shares

डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय संस्थाबीच मर्जर तथा प्राप्तीको सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लघुवित्तका सचिव राजेश शर्माले चैत १३ गते सोमबार साँझ ५ बजे एक कार्यक्रमकाबीच डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजिशन) गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनी जानकारी दिए ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति गर्न गत असोज १४ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । प्राप्ति सम्बन्धि समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

मर्जर प्रकृयालाई टुङ्गाउन यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट १ः१ स्वाप रेसियो अनुपातमा एक्विजिशन गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सभाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको थियो । एक्विजिशनपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ सम्बन्धि प्रारम्भिक मस्यौदामा मर्जर तथा प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ रहेको छ ।मर्जरपश्चात डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब ४० करोड नाघ्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।