महुली लघुवित्तले बोनस सेयर पारित गर्न डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?


महुली लघुवित्त तथा वित्तिय संस्था लिमिटेडले २०८० साल बैशाख ९ गतेका लागि साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको चैत १४ गते सम्पन्न सञ्चालक समितिको १३५ औँ बैठकको निर्णय अनुसार महुली लघुवित्तको केन्द्रिय कार्यालय महुली सप्तरीमा सभा आह्वान गरिएको हो ।

सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश सेयर वितरण गर्ने स्वीकृती प्रदान गर्ने र बोनस सेयरलाई जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरी प्रवन्धपत्र वा नियमावलीमा संशोधन गर्ने विषेश प्रस्ताव स्वीकृत गर्ने छ । यस्तै सभाले प्रिमियरमा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिमको २०७९ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.७५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गर्ने छ ।

आर्थिक वर्ष २०७८\७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८\७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

कम्पनीले चैत २९ गते बिहीबारसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार चैत २८ गते बुधबारसम्म मात्र शेयरधनीहरुले सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।