गाउँपालिकाका प्रशासकीय अधिकृत र वडा अध्यक्ष नै घुस रकम सहित पक्राउ


रुपन्देहीमा गाँउपालिकाका प्रशासकीय अधिकृत र वडा अध्यक्ष नै घुस रकमसहित प्रकाउ परेका छन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका अनुसार शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भर रहेका छन् ।

उनीहरुले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस लिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।