राजस्व चुहावट नियन्त्रण समितिको बैठकः सीमा क्षेत्रमा अवैध गतिविधि रोक्न छलफल

राजस्व चुहावट नियन्त्रण समितिको बैठकः सीमा क्षेत्रमा अवैध गतिविधि रोक्न छलफल

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सोमबार सम्पन्न भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न सोमबार बैठक डाकेका हुन् ।

सोमबार दिउँसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बसेको बैठकले नेपाल भारत खुला सीमाका कारण हुने गरेको अवैध आयात निर्यात कसरी रोक्ने भन्ने सम्बन्धमा छलफल भएको हो ।

गृहमन्त्री समेत सदस्य रहने समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० चैत २०७९, सोमबार १८ : ५१ बजे