घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन

0
Shares

घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन भएको छ ।

कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा लगानी गर्नेछ । उक्त आयोजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्न लागिएको हो ।

त्यसैगरी सभाले हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुको साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त समेत गरेको छ ।

कम्पनीका अध्यक्ष सुवेदीले कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रष्ट पारेका थिए । सञ्चालक नारायण बाबु अधिकारीले कम्पनीको वित्तीय अवस्थाको जानकारी दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।