दुई कम्पनीको लाभांश वितरण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गरेका छन् ।

नेप्सेका अनुसार एनआईसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सले हितग्राही खाता अद्यावधि रहेको बैंक खातामा नगद लाभांश वितरण गरेका हुन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.७५ प्रतिशत नगद लाभांश तथा ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् । दुबै कम्पनीले साधारण सभाका लागि तोकेको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएका छन् ।

एनआईसी एशिया लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश तथा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत फागुन ३ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश पारित भएको थियो ।

साथै अहिलेसम्म पनि हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरूले हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न तथा कागजी सेयर धारण गरेका लगानीकर्तालाई सेयर डिम्याट गर्न आग्रह गरिएको छ । यस्तै सेयर धितोबन्धक राखी कर्जा लिएका सेयरधनीहरुले सम्बन्धीत संस्थाबाट फुकुवापत्र पेश गरेपछि मात्र लाभांश वितरण हुने दुबै कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

बुकक्लोज अनुसार एनआईसी एशिया लघुवित्तको नगद लाभांश २०७९ चैत ३० गते बिहीबार र तारागाउँ रिजेन्सी होटल्सको २०७९ माघ १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।