आगामी जेठ ४ देखि “नेपाल चेम्बर एक्स्पो २०२३” आयोजना हुने

0
Shares

आगामी जेठ ४ देखि “नेपाल चेम्बर एक्स्पो २०२३” को आयोजना गरिने भएको छ । व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिँदै जेठ ८ गतेसम्म भृकुटी मण्डप प्रदर्शनी कक्ष, प्रदर्शनी मार्ग, काठमाडौंमा एक्स्पो आयोजना हुनेछ ।

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य राखेको छ । पछिल्ला पाँच संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सकेपछि नेपाल चेम्बर अफ कमर्शले मेलाको छैटौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको हो ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।

व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभुषण चाकुबजीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने मेलामा १५० भन्दा बढि स्टलहरू रहने जानकारी दिए । जसमा नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् । हाल धमाधम स्टलहरु बुकिङ भईरहने क्रम जारी रहेको उनको भनाई छ ।

देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिइ नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजना हुने उक्त एक्स्पोमा यस वर्ष पनि विगतमा झैं मिनिट्रि अफ कमर्श एण्ड इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् ।
एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स्, फ्लोरिङ्ग एण्ड फसिर्नसिङ्ग, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एक्ससेरिज, ग्रामेन्ट एण्ड टेक्सटाइल, मोबाइल तथा ग्याजेट, छिटने उपभोग्य खाद्यवस्तु (एफएमसीजी), हाइड्रोपावर, लजिस्टिक, ऋयान्डिक्राप्ट एण्ड ह्यान्डलुमस्, जुत्ता तथा लेदर, कस्मेटिक, खाद्यवस्तु तथा डेरी प्रोडक्ट आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

“नेपाल चेम्बर एक्स्पो २०२३” मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ भने इन्छरनेट पार्टनरको रुपमा क्लासिटेक प्रालि रहेको छ भने यो एक्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले लिएको छ ।  विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक सम्बृद्धि तर्फ उन्मूख हुँदै गई रहेको परिपे्रक्षमा राष्ट्रको सर्वाङ्गिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको चेम्बरले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।