विभिन्न बाहानामा ठगी गरेर वेपत्ता रहेका तीन पक्राउ

0
Shares

नेपाल प्रहरीकाे अपराध अनुसन्धान विभागले विभिन्न बाहानामा ठगि गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौंका अनुसार आईएमई कार्यालयबाट विभिन्न व्यक्तिको नाम पैसा पठाउन लगाएर फरार रहेका एक, वैदेशिक रोजगारीका लागि थाइल्यान्ड र पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने एक।एक व्यक्तिलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

आईएमई कार्यालयमा गई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैक खाताहरुमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक–पटक गरी जम्मा ३ लाख रकम पठाएर ठगि गर्ने अनिल मालाकारलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपा बस्ने ३१ वर्षिया मालाकार आईएमई कार्यालयका सञ्चालकलाई आईएमई गरेको रकम नदिई बाहिर गई फोनमा कुरा गरे जस्तो गरी भागि फरार रहेका थिए । ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको प्रहरी उपरिक्षक सोमन्द्र सिंह राठौरले जानकारी दिए ।

यस्तै थाइल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने नन्दलाल महतोलाई पनि आजै पक्राउ गरिएको छ । काठमाण्डौं टोखा ९ म्याग्दीचोक बस्ने ३१ वर्षिया महतोले वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै भिम बहादुर बुढालाई ३ लाख ५० हजार ठगी गरेका थिए । चितवन भरतपुर महानगर वडा नम्बर २७ बालुवा स्थाई घर भएका महतोले मासिक १ लाख रुपैयाँभन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर थाइल्याण्ड जानको लागि भन्दै पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए । उनलाई बुधबार टोखाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरिक्षक राठौरले बताए ।

त्यसैगरी वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले जिल्ला खोटाङ दिक्तेल नगरपालिका वडा नम्बर १० पाथेका २२ वर्षिया सुरज राईलाई पक्राउ गरेको छ ।

राइले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिने प्रलोभन पारी पोर्चुगल जानको लागि ९ लाख लाग्ने भन्दै गोविन्द बिसीसँग ३ लाख ४२ हजार रकम असुली गरेको प्रहरीले जनाएको छ । काठमाण्डौं ३२ कोटेश्वर बस्दै आएका राईले बिसीलाई होटलमा मासिक १ लाख रुपैयाँभन्दा धेरै कमाई हुने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी ठगि गरेका थिए । रकम लिएपछि उनी सम्पर्क विहीन भई ठगी गरेका थिए ।

बिहीबार काठमाण्डौं वडा नम्बर १० बुद्धनगरबाट पक्राउ गरिएको राइलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगारविभाग बुद्धनगर, काठमाडौँ पठाईएको अनुसनत्रान विभागले जनाएको छ । ठगि गरी भागेका राइलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फेला पारेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।