नेप्सेमा २९ लाख ७१ हजार कित्ता बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीको १३.२७ प्रतिशतले हुन आउने कुल २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सको बैशाख ६ गते सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १३.२७१२ प्रतिशतले हुन आउने बोनस पारित भएको थियो । सोही बोनस सेयर सोमबार सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।