सिटि होटलको आईपीओ पहिलो दिनमै बिक्यो, १.९० गुणा माग

0
Shares

सिटि होटल लिमिटेडको आईपीओमा पहिलो दिनमा नै मागभन्दा बढीको आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यािपटलका अनुसार पहिलो दिनमा नै कम्पनीको आईपीओ १.९० गुणाले ओभर सब्सक्राइब भएको हो ।

बैशाख २५ गते सोमबार बिहान खुला भएको आईपीओमा पहिलो दिनमा नै २ लाख २४ हजार ८३७ वटा आवेदन मार्फत २५ लाख ७३ हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणबाट १३ लाख ५५ हजार ९४० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

होटलको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ बैशाख २८ गतेसम्म भरिसक्नुपर्नेछ । पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले बिहीबार नै सेयर निष्कासन बन्द हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको करेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।