डिप्रोक्स लघुवित्तको खुद नाफा २६ प्रतिशतले घट्यो

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा खराब कर्जा बढेपछि ३६.३५ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २७ करोड ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज बढेपछि समीक्षा अवधिमा कम्पनीको नाफा १५ करोड ८५ लाख ५१ हजार रुपैयाँले घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खराब कर्जा ०.५९ बाट बढेर ४.४९ प्रतिशत पुगेको छ । यसले गत आवको सोही अवधिमा २ रोड २९ लाख खराब कर्जा उठाएको लघुवित्तले हाल ९ करोड ४९ लाख ९५ हजार रुपैयाँ सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत छुट्टाएको छ । खुद ब्इाज आम्दानी, फि कमिसन आय, र सञ्चालन नाफा समेत घटेपछि कम्पनीको खुद नाफा पनि घटेको हो ।

नाफा घटेसँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी इपीएस १७ रुपैयाँ ६६ पैसा घटेर २४ रुपैयाँ २५ पैसामा झरेको छ । कष्ट अफ फन्ड ७.५९ बाट बढ.र ९.६५ प्रतिशतमा पुगेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तले १६ अर्ब ९३ करोड ८७ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन तथा सापटीबाट १८ अर्ब ९१ करोड १५ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको तुलनामा निक्षेप तथा सापटी ६.३२ प्रतिशत र कर्जा प्रवाह ३.२२ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७.८५ प्रतिशत घटेर ९४ करोड ९ लाख ५७ हजारमा सीमित हुँदा फि कमिसन आय ६.६२ प्रतिशतले घटेर १४ करोड ७७ लाख ५६ हजारमा खुम्चिएको छ । इम्पेरिमेन्ट चार्ज बढेपछि कम्पनीको सञ्चालन नाफा ३६.३५ प्रतिशत घटेर २७ करोड ७५ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्ममा चुक्ता पुँजी १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ रहेको लघुवित्तको प्रति सेयर नेटवर्थ २१३ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २८.२५ गुणा छ । लघुवित्तको जगेडा कोषमा १ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।