गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

0
Shares

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

यसअघि पनि क्यापिटलले सेयर रजिष्ट्रेशन सम्बन्धी सेवा दिँदै आएकोमा बैशाख २५ गते देखि लागू हुने पुनः नियुक्त भएको हो । कम्पनीले एक वर्ष सम्मका लागि सेयर रजिष्ट्रारमा एनआईबिएललाई नियुक्त गरेको जानकारी दिएको हो ।

यससँगै अब लघुवित्त कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर अद्यावधिक राख्ने, दाखिला खारेज नामसारी लगायतका सम्पूर्ण कार्यहरुधितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटल लाजिम्पाट मार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।