नागरिक उड्डयनन प्राधिकरणले माग्यो १४२ कर्मचारी


नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४२ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी कर्मचारी माग गरेको हो ।

प्राधिकरणले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै वरिष्ठ अधिकृत तर्फ एयर ट्राफिक सर्भिसेस समूहको लागि ३९ जना कर्मचारी माग गरेको छ । प्रधिकरणको परिक्षा लोक सेवा आयोगद्वारा हुनेछ ।

प्राधिकरणले लोकसेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १८ गतेभित्र प्राधिकरणको वेबसाइटमार्फत् दरखास्त फारम भर्न आह्वान गरेको छ । दरखास्त दिने अन्तिम मितिदेखि ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने छ ।

प्राधिकरणले परीक्षार्थीका लागि ९ र ८ तहलाई १६ सय, तह ७ र ६ लाई १२ सय, ५ र ४ लाई ६ सय रुपैयाँ तोकेको छ । साथै, समावेशी समूहमा दरखास्त पेश गर्ने उम्मेदवारले प्रत्येक थप समूहको लागि सम्बन्धित तहको लागि तोएिको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।