संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक


कुमारी बैंक लिमिटेडले १९ हजार ४०९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी राम प्रकाश श्रेष्ठको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको नियम अनुसार बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न इच्छुकले आज बैशाख २९ गतेदेखि ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्साल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । आवेदन पेश गर्दा कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।