प्रेस काउन्सिलले माग्यो कर्मचारी, एसईई दिएकालाई पनि अवसर


प्रेस काउन्सिल नेपालले १२ जनाका लागि दरखास्त आह्वान गरेको छ । काउन्सिलले लोक सेवा आयोग मार्फत पदपूर्ति गर्न लागेको हो ।

काउन्सिलले एसएलसी, एसईई वा सो सरह उतिर्ण गरेका नेपाली नागरिकलाई पनि अवसर दिएको छ । एसईई वा सो सरह उतिर्ण गरेका उम्मेद्वारले कम्तिमा पनि २ जीपिए ल्याएको हुनुपर्ने काउन्सिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

योग्गता पुगेका इच्छुक उम्मेद्वारले जेठ १८ गतेभित्र प्रेस काउन्सिल नेपालको कार्यालय तिलगंगामा दरखास्त बुझाउन सक्ने छन् भने दोब्बर दस्तुरमा जेठ २५ गतेभित्र आवेदन दिनु पर्ने छ । आवेदक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । महिला र अपांगता भएकाको हकमा भने ४० वर्ष उमेरहद तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।