नेप्सेमा पौने ५ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार पौने ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाको ४ लाख ७७ हजार २० कित्ता बोनस सेयर शुक्रबार सूचीकृत भएको हो । संस्थाको चैत ११ गते सम्पन्न भएको छैटौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १४.२८५७ प्रतिशत बोनस सेयर पारित भएको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

बुकक्लोज अनुसार फागुन २५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।