चन्द्रागिरी हिल्सको नाफा पौने ८ करोड, नेटवर्थ अंकित मूल्यभन्दा २० रुपैयाँ कम

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्ममा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १ करोड ५८ लाख ४२ हजार रुपैयाँ खुद घाटामा रहेको कम्पनीको नाफामा पर्यटकीय आवागमनमा भएको वृद्धिसँगै सुधार भएको हो ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको कम्पनीको नाफामा सुधार आएसँगै वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो आवको यही अवधिमा १ रुपैयाँ ३ सैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानीमा गतिशिल हुँदै गएको पर्यटन गतिविधिले सकारात्मक प्रभाव पारेको हो ।

यद्यपी चन्द्रागिरि हिल्सको जगेडा र अवितरित नाफा कोष अझै ३० करोड ७८ लाख ९८ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ४३ करोड ५८ लाखले जगेडा कोष ऋणात्मक थियो । जगेडा ऋणात्मक भएसँगै होटलको प्रति सेयर नेटवर्थ ७९.९३ रुपैयाँ कायम भएको छ । यो सेयरधनीले चुक्ता गरेको मूल्यभन्दा २० रुपैयाँ ७ पैसा कम हो । कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मुलय २३८ रुपैयाँ १० पैसा छ भने मूल्य आम्दानी अनुपात २२७.१७ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको प्रमुख वित्तीय सूचकहरुमा सुधारोन्मुख देखिएका छन् । कम्पनीको सञ्चालन आम्दानी तथा अन्य आयमा समेत सुधार भएको छ । गत आवको ९ महिनामा ४४ करोड ४० लाख २६ हजार रुपैयाँको ब्यापार गरेको कम्पनीले चालु आवको सोही अवधिमा ४१.६६ प्रतिशत वृद्धि भएर ६२ करोड ९० लाख २२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस्तै खुद आम्दानी ५० प्रतिशत बढेर ५४ करोड ५८ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको अन्य आम्दानी ५१ प्रतिशत बढेर ४४ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आम्दानीसँगै खर्चका आकारमा पनि वृद्धि भएको देखिन्छ । कम्पनीको खर्च अघिल्लो चैतको तुलनामा ३९.४३ प्रतिशत बढेर १७ करोड ५७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । साथै ब्याज भुक्तानीको रकम पनि ३४.३३ प्रतिशत बढेर २० करोड ६६ लाख ८८ हजार पुगेको छ । ह्रास कट्टी तथा अमोटाइजेसन भने १ करोड २७ लाखले घटेर ९ करोडमा झरेको छ ।

होटलको सेयरधनीको सेयर पूँजी कोषको प्रतिफल ०.०६ प्रतिशत, ऋण पूँजीको अनुपात १.८४ प्रतिशत, र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२७.१७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।