डेपुटी गभर्नर मिश्र भन्छन्–‘असारदेखि कर्जाको ब्याजदर अझै घट्छ’

0
Shares

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बमबहादुर मिश्रले आगामी असारदेखि कर्जाको ब्याजदर थप घट्ने बताएका छन् । जेठमा पनि कर्जाको ब्याजदर घटेको भन्दै उनले असारमा अझै घट्ने बताएका हुन् ।

कर्जाको ब्याजदर बढी भएका कारण व्यवसायीले खर्च बढेको गुनासो गरिरहेका बेला डेपुटी गभर्नर मिश्रले असारमा अझै कर्जाको ब्याजदर घट्ने बताएका हुन् । केन्द्रीय बैंकले आधार दर घटेअनुसार ब्याजदर घटाउन निर्देशन दिएको उनले बताए ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समीट कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले सजकतापूर्वक खुकुलो र आवश्यकता अनुसार कसिलो नीति लिएको उल्लेख गरे ।

वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार आएकाले बैंकको आधारदर घट्ने र त्यसले ऋणको ब्याज पनि घटाउने मिश्रको भनाई छ । डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले समयमै हस्तक्षेप गरेकाले बाह्य क्षेत्रमा सुधार भएको बताए । राष्ट्र बैंकले हस्तक्षेप नगरेको भए बैंक तथा वित्तीय संस्थाहरुको आधार दर १८ प्रतिशत पुग्नसक्ने अवस्था रहेको उनको जिकर थियो ।

आगामी दिनमा पनि सरकारले ल्याउने वित्त नीतिअनुसार केन्द्रीय बैंकले मौद्रिक नीति लिने बताउँदै उनले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जाने स्पष्ट पारेका छन् । अत्यधिक कर्जाका कारण केही क्षेत्रमा समस्या देखिएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।