प्रलोभन र बाहना देखाई सवा ८ करोड तथा २० तोला सुन ठगी गर्ने पक्राउ

0
Shares

नेपाल प्रहरीले विभिन्न बाहाना र प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुबाट ८ करोड २५ लाख तथा २० तोला सुन ठगि गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डीमाबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

सिन्धुली जिल्लाको साविक तिनकल्या गाविस वडा नम्बर ९ (हाल परिवर्तित गोलन्जोर गाँउपालिका वडा नम्बर ४) घर भएका वर्ष ४३ को कृष्ण मुरारी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ परेको गुरुङ पटक पटक रकम जम्मा गरी रकम लिई फरार भएको थिए । गुरुङले विभिन्न मिति र समयमा आफ्नो व्यवहार एवं व्यापार मिलाउन पर्यो भएको सम्पूर्ण सम्पतिहरु विशेष अदालतबाट रोक्का भयो, मुद्दा परेकोले मुद्दा मिलाउन एवं मुद्दामा खर्चको निमित्त रकम आवश्यक परेको भनि रकम माग गरी ठगि गरेको प्रहरीले जनाएको छ ।

उनले सुरेश केसी सँग पटक पटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला लिएका थिए । यस्तै २०७४ असोजमा देड बहादुर गुरुङबाट ३० लाख तथा सरिता गुरुङ रकम लिएको प्रहरीले जनाएको छ । गुरुङलाई आफूसँग रहेको गाडी बिक्रीमा हुँदा बैंकमा २० लाख ऋण तिर्नुपर्ने छ भन्दै सो ऋण तिरेपछी बैंकले सो गाडी आफ्नो नाममा पास गरेपछि गुरुङलाई गाडी खरिद गर्न रकम फिर्ता दिने बताएका थिए ।

गुरुङलाई पक्राउ गर्न यसअघि नै जाहेरी ठगि गरेकोमा उनी विरुद्ध ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाण्डौ अदालतबाट म्याद थप अनुमित लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।