सन् २०२५ मा भ्रमण वर्ष, ८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ घोषणा

0
Shares

सरकारले २०८० सालको यो दशकलाई नेपाल भ्रमण दशक घोषणा गर्दै सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरे ।‘

वि.सं. २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने छ । सन् २०२५ को वर्षलाई विशेष पर्यटन वर्षका रुपमा मनाइनेछ,’ राष्ट्रपति पौडेलले भने ।

सरकारले पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय स्तरका चर्चित व्यक्तिलाई समेत बोलाउने बताएको छ । त्यस्तै, पर्यटन प्रवर्द्धनकै लागि विभिन्न विधाहरूमा सगरमाथा सम्मानको कार्यक्रम सञ्चालन गरिने बताए । उनले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरमा चर्चित र ख्यातिप्राप्त व्यक्तिलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धनमा जोड दिने बताए । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार गर्ने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने घोषणा समेत सरकारले गरेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।