सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नबाँड्ने, साधारण सभा आह्वान

0
Shares

सानिमा जीआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीहरुको हात यस पटक पनि खाली हुनेछ । यसअघि मर्जर भएका सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्सले पनि सेयरधनीलाई लाभांश वितरण गरेका थिएनन् ।

कम्पनीले लाभांश बिना नै यहि जेठ ३२ गते अमृतभोक कालिकास्थानमा बिहान ११ बजे पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । यस्तै आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, चालु आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

सानिमा जीआईसीले साधारण सभा प्रयोजनका लागि जेठ १२ गते शुक्रबार सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार जेठ ११ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेरधनीहरु मत्र सभामा भाग लिन योग्य हुनेछन् ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले २०७९ कात्तिक ७ गतेबाट एकीकृत कारोबार थालेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।