हिमालयन लाइफको सीईओ कर्णको नियुक्ती प्राधिकरणबाट सदर

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णको नियुक्ती सदर भएको छ ।

नेपाल बीमा प्राधिकरणले जेठ ५ गते शुक्रबार स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । कम्पनीको सञ्चालक समितिबाट सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्रचार गरिएको थियो । सोही बमोजिम प्राधिकरणले शुक्रबार कर्णलाई सीईओ बन्न स्वीकृति दिएको कम्पनी सचिव इश्वर कुमार सेडाईले जानकारी दिए ।

तत्कालीन युनियन लाइफ इन्स्योरेन्समा सीईओ रहेका कर्णले नयाँ बनेको हिमालयन लाइफमा मासिक १० लाख रुपैयाँ तलब पाउने गरी सीईओमा नियुक्त भएका हुन् ।

युनियन, प्राइम लाइफ इन्स्योरेन्स, र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो । तीन जीवन कम्पनीबीच २०८० बैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।