सानिमा माईको पुरानो लाभांश लिन अनुरोध

0
Shares

सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई पुरानो लाभांश संकलन गर्न मंगलबार सूचना जारी गरेको छ ।

कम्पनीले विभिन्न साधारण सभाबाट पारित गरेको लाभांश केही सेयरधनीहरुले अद्धmैपनि संकलन नगरेपछि कम्पनीले सम्बन्धित शेयरधनीहरूलाई बुझिलिन अनुरोध गरेको हो ।

सम्बन्धित शेयरधनीले हालसम्म पनि बुझि नलिएको तथा हकदाबीसमेत नपरेकोले लिन बाँकी रहेको लाभांश रकम कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड सममार्ग(१ नक्साल, काठमाडौंमा सम्पर्क गरी बुझिलिनसक्ने कम्पनीको सूचनामा उल्लेख छ ।

कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि कुनै पनि शेयरधनीले बुझी नलिएको नगद लाभांशको रकम कम्पनीको ऐनबमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले स्पष्ट पारेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।