काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा

0
Shares

नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।