छ्याङ्दी हाइड्रोपावरको हकप्रद बि.ओ.के. क्यापिटल मार्केटले निष्कासन गर्ने

0
Shares

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनको जिम्मेवारी बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले पाएको छ ।

कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद निष्कास तथा बिक्री प्रबन्धकको रुपमा बि.ओ.के. क्यापिटल मार्केट लि.लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

छ्याङ्गदी हाइड्रोपावर लिमिटेडको २०८० बैशाख २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद बिक्री गर्न अनुमति पाएको थियो । जसअनुसार कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर बिक्री गर्नेछ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।